ट्रेन्डिङ

Logout

जसपाका मधेस प्रदेश सांसद सरोज सिंह पुनः निलम्बित, उपभोक्ता समितिको रकम आफ्नै खातामा जम्मा गरेको प्रमाण फेला

7.5k Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेशसभा सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेशसभाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उनको निलम्बन गरेको हो।

यसअघि जेठ २९ गते अख्तियारको अनुसन्धानका क्रममा पक्राउ परेपछि उनी निलम्बित भएका थिए। पछि भदौ १३ गते प्रदेशसभा सचिवालयले अख्तियारको प्रतिवेदनका आधारमा निलम्बन फुकुवा गरेको थियो।

तर पछिल्लो अनुसन्धानमा कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी ती समिताबाट संकलित रकम आफ्नै निजी सचिव विनोदलाल कायस्थमार्फत आफ्नै व्यक्तिगत खातामा जम्मा गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ।

त्यसकै आधारमा आयोगले उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो।

कुशवाहा महोत्तरी क्षेत्र नं. ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

प्रदेशस्तरीय जनप्रतिनिधिमाथि पुनः निलम्बनको कारबाही हुनु आफैंमा गम्भीर विषय बनेको छ, जसले सार्वजनिक स्रोतको दुरुपयोगप्रति कडा निगरानीको आवश्यकता झल्काएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार