Live ताजा अपडेट

Logout

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग पनि भेट्ने

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग पनि भेट्ने

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • भारतीय विदेशसचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आउँदै छन्।
  • प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर पहिलो साता हुने भारत भ्रमणको तयारीका क्रममा आउन लागेका मिश्रीको यो तेस्रो औपचारिक भ्रमण हो।
  • मिश्री आउनु अघिल्लो दिन हिजो नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन्।

भारतीय विदेशसचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आउँदै छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर पहिलो साता हुने भारत भ्रमणको तयारीका क्रममा आउन लागेका मिश्रीको यो तेस्रो औपचारिक भ्रमण हो।

मिश्री आउनु अघिल्लो दिन हिजो नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन्।

परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा आउन लागेका मिश्रीले समकक्षीसँग आजै द्विपक्षीय औपचारिक वार्ता गर्नेछन्। त्यसक्रममा प्रधानमन्त्री शाहको आगामी मंसिर ६ देखि ८ सम्मको भारत भ्रमणको तयारी तथा एजेन्डाहरूबारे छलफल गर्ने कार्यक्रम छ।

कूटनीतिक स्रोतका अनुसार भारतीय विदेशसचिव मिश्रीले काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्नेछन् ।

उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनको विपक्षी दलका नेताहरूसँग भने भेटवार्ताको कार्यक्रम छैन ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ