10.1k
Shares
विराटनगर: कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा भएको हिन्दु मुस्लिमको झडप लाई शान्त बनाउन ५ सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
हिन्दु -मुस्लिम बिच झडप, एक बालकको अवस्था गम्भीर
रामनवमीको र्यालीमा मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न भएको झडपलाई संयम बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले ५ सय ७५ जना प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
विराटनगरमा हिन्दु-मुस्लिम बिच झडप,केही सेल टियर ग्यास प्रहार
रिपब्लिक नेपाल सँग कुरा गर्दै उनले अहिले अवस्था सामान्य हुँदै गएको र अवस्था नियन्त्रणमा लिन ५ सय ७५ जना प्रहरी फिल्डमा परिचालन गरिएको बताए ।
सोही झडपमा परेर एक बालक समेत घाइते भएको उनले बताए । अहिले सम्म बालकको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए ।