12.3k
Shares
विराटनगर: रामनवमीको र्यालीमा अवरोध भएपछि कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेको छ ।
राम नवमीको र्याली निकाल्ने क्रममा त्यहाका मुस्लिम समुदायले अवरोध गरेपछि हिन्दु मुस्लिमबीच विवाद भएको प्रहरीले जनाएकोछ ।
हिन्दु -मुस्लिम बिच झडप, एक बालकको अवस्था गम्भीर
बुधबार दिउँसो विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ ।
प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले रानी क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
विराटनगर–१५ र १७ को बीचमा र्यालीलाई अवरोध गरेपछि झडप भएको हो ।

