Live ताजा अपडेट

Logout

सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की

सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट पदमुक्त भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट निवेदन पेस गरेका...

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट पदमुक्त भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् ।

स्रोतका अनुसार रिट दर्ताका लागि पेस भइसकेको छ । प्रक्रिया अघि बढिरहेको छ । सर्वोच्च जाने विषयमा कानुन व्यवसायीहरूसँग परामर्श गरेपछि उनले रिट दर्ता गर्न पुगेका हुन् ।

कार्कीले आफूलाई पदबाट हटाउनुअघि स्पष्टीकरण सोध्ने तथा आफ्नो कुरा राख्ने सुनुवाइको अवसर नदिइएको बताएका छन् । यही प्रक्रियागत त्रुटिलाई आधार बनाएर उनी सर्वोच्च पुगेका हुन् ।

रिट दर्ता भएपछि सर्वोच्च अदालतले यस विषयमा गर्ने प्रारम्भिक आदेश र सुनुवाइलाई चासोका रुपमा लिइएको छ । उनको पक्षबाट नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

The post सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की appeared first on khabarbindu.

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ