ट्रेन्डिङ

Logout

रोड शोमार्फत डा. मिनाक्षी ठाकुरको चुनावी अभियान तीव्र, महोत्तरी–३ मा बढ्दो जनसहभागिता

3.3k Shares

महोत्तरी — जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ तथा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. मिनाक्षी ठाकुरले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाएकी छन्। उनले दलान छलफल, नागरिकसँग प्रत्यक्ष संवाद तथा रोड शो कार्यक्रममार्फत मतदातासँग भेटघाटलाई निरन्तर विस्तार गरिरहेकी छन्।

जेन्जी आन्दोलनपछि राजनीतिमा युवा नेतृत्वको आवश्यकता बढेको मागलाई ध्यानमा राख्दै चिकित्सक पेशाबाट राजनीतिमा प्रवेश गरेकी डा. ठाकुर जसपा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी हुन्। उनले अभियानका क्रममा युवापुस्ताको सहभागिता र नयाँ सोचलाई प्राथमिकता दिँदै चुनावी कार्यक्रम अघि बढाइरहेकी छन्।

उनका दलान छलफल तथा नागरिक संवादसहित सञ्चालन भइरहेका रोड शो कार्यक्रममा युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीयका अनुसार, उनी महोत्तरी–३ का लागि नयाँ अनुहार नभई लामो समयदेखि सामाजिक गतिविधिमार्फत नागरिकबीच परिचित व्यक्तित्वका रूपमा स्थापित छन्।

डा. ठाकुरको उम्मेदवारीसँगै विशेषगरी युवावर्गमा उत्साह र आकर्षण बढ्दै गएको देखिन्छ। जेन्जी युवाहरू स्वस्फूर्त रूपमा उनको चुनावी अभियानमा सहभागी हुँदै प्रचारप्रसारलाई थप सक्रिय बनाइरहेका छन्।

राजनीतिमा औपचारिक प्रवेश गर्नुअघि पनि विभिन्न सामाजिक कार्यक्रममार्फत नागरिकसँग निरन्तर जोडिँदै आएकी डा. ठाकुरलाई अब जनप्रतिनिधिका रूपमा संसदमा देख्न चाहेको प्रतिक्रिया स्थानीय नागरिकबाट आउने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार