सहकारी ठगी तथा सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार आज मुद्दा सुनुवाइका लागि पेसी चढाइएको हो। यसअघि रवि पक्षका कानुनी प्रतिनिधिहरूले दुई पटक निवेदन दिएपछि बहस स्थगित भएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकालाई लामिछानेले आफूले सहकारीमा गरेको भनिएको अपचलनको हिस्सा रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनीलाई रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।
