ट्रेन्डिङ

Logout

धनुषा क्षेत्र नं–३ मा लोसपा नेपालको क्षेत्रीय बैठकले परमेश्वर साहलाई प्रतिनिधि सभा उम्मेदवारमा सर्वसम्मत चयन

6.6k Shares

धनुषा, क्षेत्र नं–३ — लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) नेपालले क्षेत्र नं–३ मा आयोजित क्षेत्रीय बैठकबाट आदरणीय नेता परमेश्वर साहलाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा चयन गरेको छ।

बैठकमा सहभागी विभिन्न स्थानीय समिति, पार्टी संरचना र सरोकारवालाहरूले एकमतका साथ साहको नाम अनुमोदन गरेका हुन्। पार्टीभित्र लामो समयदेखि सक्रिय भूमिका खेलेका साहलाई स्थानीय विकास, नेतृत्व क्षमताका कारण योग्य उम्मेदवार मानिएको बैठकमा जानकारी गराइएको थियो।

सर्वसम्मत निर्णयपछि नेता साहलाई पार्टी कार्यकर्ताद्वारा हार्दिक बधाई तथा आगामी राजनीतिक यात्राका लागि शुभकामना दिइएको छ। पार्टीले यस निर्णयलाई संगठनात्मक एकताको प्रतिक र आगामी चुनावी तयारीको प्रमुख कदमका रूपमा व्याख्या गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार