ट्रेन्डिङ

Logout

प्रतिनिधिसभा चुनाव नजिकिँदै, आयोगले तयारी गति दियो: यस्तो छ विस्तृत कार्यतालिका

3k Shares

आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन अब ९० दिन मात्र बाँकी छ। चुनाव मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई थप सशक्त बनाएको छ भने राजनीतिक दलहरूले पनि आन्तरिक रूपमा चुनाव केन्द्रित तयारी तीव्र पारिरहेका छन्।

आयोगले शनिबारदेखि समानुपातिक चुनाव प्रणालीअन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। तय गरिएको कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिन सक्नेछन्। दलहरूले बुझाएका आवेदनहरूको सूची मंसिर २४ गते सार्वजनिक गरिनेछ।

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने समय आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ। माघ ३० गते भने बन्दसूचीको अन्तिम प्रकाशन हुने आयोगका प्रवक्त्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रत्यक्षतर्फ, माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुने र सोही दिन प्रारम्भिक सूची प्रकाशित गरिनेछ। माघ ७ गते विरोधमा उजुरी दिने समय हुनेछ। माघ ८ गते उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ भने माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न वितरणको प्रक्रिया सम्पन्न हुनेछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार