ट्रेन्डिङ

Logout

प्रेमकुमार राई र आरजु राणासहित १० व्यक्तिको सुरक्षा उच्च सतर्कतामा

3.2k Shares

नेपाल प्रहरीले ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहबाट १० जना विशिष्ट व्यक्तिहरूको ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा व्यवस्था कडा पार्ने निर्देश जारी गरेको छ।

दियोपोस्ट अनलाइनमा धम्कीको खबर सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले मातहतका सबै इकाइलाई सतर्क हुन पत्राचार गरेका हुन्।

प्रहरी पत्रअनुसार ज्यान मार्ने धम्की पाएका व्यक्तिहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्व महानिर्देशक गोपाल बहादुर खड्का, पूर्व मन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँड, आरजु राणा, पूर्व प्रहरी महानिरीक्षकहरू ओम विक्रम राणा, हेम बहादुर गुरुङ, रमेश चन्द ठकुरी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले मातहतका सबै प्रहरी वृत्त र प्रभागहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। पत्रमा भनिएको छ:“निजहरूको निवास, भ्रमण मार्ग तथा कार्यक्रम स्थलमा सम्बन्धित प्रहरी कार्यालयलाई सु-सूचित गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन हुन।”

साथै, उग्रवादी समूहको गतिविधि र सम्भावित खतरा बुझ्न सादा पोसाकमा समेत प्रहरी परिचालन गर्न, गोप्य सूचना संकलन गर्न, र विशिष्ट व्यक्तिहरूसँग समन्वय गरी सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन आदेश दिइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका सबै प्रहरी इकाइ तथा अपराध अनुसन्धान कार्यालयलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन परिपत्र पनि गरेको छ। यसैक्रममा, ती व्यक्तिहरू बसोबास गर्ने क्षेत्रका प्रहरी इकाइलाई गस्ती र पेट्रोलिङ बढाउन पनि निर्देशन दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार