महोत्तरी। श्री नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय (ने.रा.ज.मा.वि.) एकरहिया - गमहरीयाको नवनिर्मित भवनको समुद्घाटन सम्पन्न भएको छ। विद्यालयमा सम्पन्न कार्यक्रमबीच प्रतिनिधि सभा अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का सांसद मा. महन्थ ठाकुरबाट भवनको समुद्घाटन गरिएको हो।
उक्त भवन विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अजय कुमार झा तथा वडा अध्यक्ष राजेश कुमार दासको अथक प्रयासमा संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामद्वारा निर्माण गरिएको हो।
विद्यालय विकास तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका व्यवस्थापन समितिका सदस्यहरू— दिलीप पाण्डेय, सिया सरण दास, अनिता देवी दास, उर्मिला देवी दास, सरिता चौधरी तथा शिक्षक प्रतिनिधि निर्मला देवीले भवन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। यसैगरी विद्यालयका प्रधानाध्यापक कमलेश कुमार झाको नेतृत्वमा शैक्षिक गतिविधि निरन्तर अघि बढिरहेको छ।

वि.सं. २०८२ साल जेठ १६ गते शुभदिनमा सम्पन्न उक्त समुद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्मित भवनले विद्यालयको शैक्षिक वातावरण सुधार हुने र विद्यार्थीलाई अझै सहज अध्ययनको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।