ट्रेन्डिङ

Logout

काठमाडौँ महानगरद्वारा नगरवासीका लागि डिजिटल साक्षरता तालिम सुरु

3.4k Shares

काठमाडौँ महानगरपालिका (कामपा) ले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम सहज रूपमा गर्न सक्षम बनाउन तथा इन्टरनेटसम्बन्धी जोखिमबाट बचाउन डिजिटल साक्षरता तालिम सञ्चालन गर्ने भएको छ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार प्रविधिको बढ्दो प्रयोगलाई सुरक्षित र उपयोगी बनाउने उद्देश्यले तालिम सुरु गर्ने निर्णय गरिएको हो। उनले डिजिटल सेवामा सहज पहुँच बढाउन, प्रविधि प्रयोगसँगै आउने जोखिम न्यूनिकरण गर्न तथा विद्युतीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नागरिकलाई प्राविधिक रूपमा सुदृढ बनाइनुपर्ने आवश्यकता रहेको बताए।

कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार पहिलो चरणमा वडा नम्बर १७, १८, १९ र २९ मा तालिम सञ्चालन गरिनेछ। पछि क्रमशः अन्य वडामा पनि प्रशिक्षण विस्तार गरिनेछ। प्रशिक्षणमा मोबाइल प्रविधि, स्मार्टफोनको सही सेटिङ, गलत एप्लिकेसनबाट हुनसक्ने जोखिम, मोबाइल डाटा र वाइफाइको सुरक्षित प्रयोगजस्ता आधारभूत विषयहरू समावेश हुनेछ।

यससँगै, डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट प्रयोग, अनलाइन भुक्तानीमा हुनसक्ने ठगीबाट बच्ने उपाय, बलियो पासवर्ड निर्माण, ओटीपी (वन–टाइम पासवर्ड) को सुरक्षित प्रयोग, भाइरस–एन्टी भाइरसको पहिचान तथा शंकास्पद लिङ्कबाट बच्न आवश्यक तरिकाबारे पनि नगरवासीलाई विस्तृत रूपमा प्रशिक्षण दिइने कामपाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार