नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई राजनीतिक जीवनबाट विदा हुन सुझाव दिएका छन्।
उनले पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभामा सम्बोधन गर्दै सुशीला आमालाई छोरा–छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफैंको उपचार गर्दै आरामदायी जीवन बिताउनुपर्ने बताए।
बस्नेतले भने, “भोली बिहान ११ बजे भृकुटीमण्डपमा हामी उपस्थित हुनेछौँ।
उपत्यका वरिपरिका जिल्लाबाट आएका एमालेका ६० हजारभन्दा बढी नेता र कार्यकर्ता भृकुटीमण्डपमा जम्मा हुनेछन्। सुशीला आमालाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर बेलायत गएर आरामदायी जीवन बिताउनु पर्ने हो।”
उनले थपे कि रिटायर जीवन शानदार तरिकाले बेलायतमा बिताउनुपर्छ र राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरे।
“राजनीतिले कसैलाई अचानो बनाइदियो भन्न नपरोस्। रिटायर जीवन बेलायतमा बिताउनु, छोराछोरीको सेवा गर्नु, सरकार चलाउने काम राजनीतिक दलहरूले गर्ने हो, तपाईंलाई त्यो नगर्नुहोस्,” बस्नेतले बताए।
बस्नेतले प्रधानमन्त्री कार्कीले केही दिनभित्र राजीनामा दिने दाबी पनि गरेका छन्।