ट्रेन्डिङ

Logout

प्रधानमन्त्री कार्कीलाई ‘टाटा बाईबाई’ : बस्नेतले बेलायतमा रिटायर जीवन बिताउन सुझाव दिए

3.1k Shares

नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई राजनीतिक जीवनबाट विदा हुन सुझाएका छन्। उनले पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभामा सम्बोधन गर्दै भने, प्रधानमन्त्री कार्कीले छोरा-छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफू समेतको उपचार गरी आरामदायी जीवन बिताउनुपर्ने बताएका छन्।

बस्नेतले भने, “भोलि बिहान ११ बजे भृकुटीमण्डपमा हामी उपस्थित हुनेछौँ। उपत्यका वरिपरिका जिल्लाबाट आएका एमालेका ६० हजारभन्दा बढी नेता र कार्यकर्ता भृकुटीमण्डपमा जम्मा हुनेछन्। सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाईबाई गराएर छोराछोरीसँग बेलायत गएर आरामदायी र सुरक्षित जीवन बिताउनुपर्छ।”

उनले थपे कि रिटायर जीवन शानदार तरिकाले बेलायतमा बिताउनुपर्ने र राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरे। “राजनीतिले मलाई अचानो बनायो भन्छन्, विचरा आमै, अचानो नबन्नुहोला। रिटायर जीवन बेलायतमा बिताउनु, छोराछोरीको सेवा गर्नु। सरकार चलाउने काम राजनीति दलहरूले गर्ने हो, तपाईं उतै जानुस्,” बस्नेतले भने।

बस्नेतले प्रधानमन्त्री कार्कीले दुई-तीन दिनभित्र राजीनामा दिने दाबी पनि गरे।

यस्तै, उनले काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्याउन खोजे पनि, अब नेसनल युथ भोलेन्टियर फोर्सले त्यसको रक्षा गर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार