ट्रेन्डिङ

Logout

कोशी प्रदेशमा मतदाता नामावलीका लागि १ लाख ५७ हजार बढीले निवेदन

3.7k Shares

कोशी प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ताका लागि १ लाख ५७ हजार ६१३ जनाले निवेदन दिएका छन्।

मतदाता नामावली सङ्कलन गत असोज १० गतेबाट सुरु भएको थियो र मङ्सिर ५ गतेसम्मको अवधिमा प्रदेशका जिल्ला र प्रदेश निर्वाचन कार्यालयमार्फत र राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनमार्फत आवेदन गरिएको हो।

निर्वाचन कार्यालयमा ५८ हजार ९२५ जनाले र अनलाइनमार्फत ९८ हजार ६८८ जनाले मतदाता नामावली दर्ताका लागि आवेदन दिएका छन्। जिल्लाअनुसार आवेदनको विवरण यस प्रकार छ:

  • ताप्लेजुङ: ३ हजार

  • पाँचथर: ४ हजार ३८९

  • इलाम: ६ हजार ६४

  • सङ्खुवासभा: २ हजार ८०८

  • तेह्रथुम: ३ हजार ६७७

  • धनकुटा: ३ हजार २७२

  • भोजपुर: २ हजार ९०९

  • खोटाङ: ४ हजार १६२

  • सोलु: ५८०

  • ओखलढुङ्गा: ५ हजार ९३२

  • उदयपुर: ८ हजार ७१७

  • झापा: ३५ हजार ३१९

  • सुनसरी: ३२ हजार ३८२

  • प्रदेश निर्वाचन कार्यालय विराटनगर: ४४ हजार ४०२

प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार, नागरिकता प्राप्त र सोह्र वर्ष पूरा गरेका व्यक्तिहरूले मतदाता नामावलीमा दर्ता गरे पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा भएकाहरू मात्रै फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न सक्ने छन्।

उनले थपे कि निवेदन दिने क्रममा दोहोरिएको आवेदन, अन्य जिल्लाबाट आवेदन दिने, त्रुटि सच्याउने र स्थानान्तरण भएका सबैको अद्यावधिक काम भइरहेको छ। यो प्रक्रिया पुरा भइसकेपछि मङ्सिर २० गते अन्तिम मतदाता नामावली निर्वाचन आयोगमा पठाइनेछ।

गत असोज १० गतेसम्म कोशी प्रदेशमा कुल मतदाता संख्या ३४ लाख ३३ हजार ९०० थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार