ट्रेन्डिङ

Logout

प्रसाईं पक्राउप्रति ओलीको आपत्ति: ‘मानव अधिकार उल्लंघन भयो, तुरुन्त छाड्नुस्

4k Shares

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै एमाले अध्यक्ष ओलीको सरकारप्रति प्रश्न

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तत्काल रिहाइको माग गरेका छन्।

राति अबेर सरकारले प्रसाईंलाई पक्राउ गरेर मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै उनले यस्तो कदम अस्वीकार्य भएको बताए।

‘दुर्गा प्रसाईंलाई तुरुन्तै रिहा गर्नुपर्छ। बोल्ने अधिकारै नहुने? केवल बोलेको भरमा कसैलाई थुनिन मिल्दैन भनेर मानव अधिकार आयोगले समेत भइसकेको छ,’ अध्यक्ष ओलीले भने।

उनले प्रसाईंको गिरफ्तारीप्रति सरकार स्पष्ट जवाफसहित अगाडि आउनुपर्ने पनि बताए। ‘सरकारसँग उत्तर छ कि छैन? यत्तिकै प्रहरीले गएर समाते हुन्छ? गिरफ्तार गरेर मुख बन्द गराए समस्याको समाधान हुन्छ? बिहान समात्न मिल्थ्यो, राति–राति तमासा गरेर समात्ने काम किन?’ उनले प्रश्न उठाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार