भक्तपुरबाट सोमबार राति पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला अदालत, काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउने अनुमति दिएको छ।
उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए। थापाका अनुसार, प्रसाईंलाई हिरासतमा राखेर सोधपुछ तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ।
प्रसाईंले ७ मंसिरदेखि देशै ठप्प पार्ने गरी राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन सुरु गर्ने घोषणा गर्दै आएका थिए। साथै, पछिल्लो समयमा उनले केही दूतावासहरूको नामै तोकेर बम प्रहार हुनसक्ने र त्यसको दोष आफूलाई लगाइने संकेत दिएका अभिव्यक्तिलाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको थियो।
आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा पनि प्रसाईंलाई कानुनी दायरामा ल्याउनुपर्ने विषय उठेको थियो। बैठकले हिंसा भड्काउने वा जनता त्रसित पार्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कानुनी