4.2k
Shares
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनाललाई नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यद्वयले विश्वासको मत नदिने घोषणा गरेका छन्।
प्रदेशसभामा विश्वासको मतका लागि तयारी भइरहेका बेला माओवादीका ती सांसदहरूले आफूहरू तटस्थ रहने र सोनालको पक्षमा मत नहाल्ने स्पष्ट पारेका हुन्।
स्रोतका अनुसार, माओवादी केन्द्रभित्र पनि सोनाल सरकारप्रति असन्तुष्टि बढेको छ। मन्त्री पदको बाँडफाँट र नीति कार्यान्वयनमा समावेश नहुनुले असन्तुष्टि झल्किएको बताइन्छ।
ती सांसदहरूको निर्णयपछि मुख्यमन्त्री सोनालको सरकारको बहुमतमा टिक्ने सम्भावना कमजोर बनेको छ।
यसअघि नै नेकपा (एमाले) र नेपाली कांग्रेसले पनि विश्वासको मत नदिने घोषणा गरिसकेका छन्, जसपछि सोनाल नेतृत्वको सरकार गम्भीर संकटमा परेको छ।