ट्रेन्डिङ

Logout

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

3k Shares

काठमाडौँ — पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ। काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनदेखि आलमलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। मिर्गौला फेल भएकाले उनको निरन्तर डायलाइसिस भइरहेको बताइएको छ।

रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित भएका आलमले विगतमा वन तथा वातावरण मन्त्री र श्रम तथा रोजगार मन्त्रीका रूपमा सरकारमा जिम्मेवारी सम्हालेका थिए।

२०६४ साल चैत २७ गते रौतहटको राजापुरमा भएको बम विस्फोट प्रकरणमा घाइते दुई जनालाई इँटा भट्टामा जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलमलाई जन्मकैदको सजाय सुनाएको थियो।

तर, सो फैसलाविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा वीरगन्ज उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याएपछि उनी नख्खु कारागारबाट मुक्त भएका थिए।

कारागारबाट छुटेपछि नै उनको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको र अन्ततः उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार