3.3k
Shares
काठमाडौँ — नेपाली कांग्रेसले आज (शनिबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ।
बैठकमा हालको राजनीतिक परिस्थिति र पार्टीभित्रका ताजा विषयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।
