ट्रेन्डिङ

Logout

मुख्यमन्त्री सोनल आज विश्वासको मतका लागि प्रदेशसभामा प्रस्तुत हुँदै

3.5k Shares

जनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल आज प्रदेशसभामा विश्वासको मत लिन प्रस्तुत हुने भएका छन्। नेपालको संविधानको धारा १६८(४) बमोजिम उनी आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव लैजाने कार्यक्रम तय भएको छ।

गत असोज २९ गते तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि पाँच दलको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र)नेकपा (एकीकृत समाजवादी) को समर्थन प्राप्त छ।

सरकार गठनको बेला पाँच दलको समर्थन रहेकोमा अहिले नागरिक उन्मुक्ति पार्टीरिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीले पनि समर्थन जनाएको छ। यसरी सोनल नेतृत्वको सरकारलाई हाल ५७ सदस्यको समर्थन रहेको देखिन्छ।

प्रदेशसभामा हाल १०४ सदस्य कायम छन्, र विश्वासको मतका लागि आवश्यक बहुमत ५४ मत हो। सत्तारुढ गठबन्धनका अनुसार जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७, र नागरिक उन्मुक्ति पार्टी तथा नेपाल सङ्घीय समाजवादी पार्टीका १–१ सदस्य सोनलको पक्षमा मतदान गर्नेछन्।

यद्यपि, जनमत पार्टीबाट निर्वाचित पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व मन्त्री त्रिभुवन साह जनस्वराज पार्टीमा गएकाले उनीहरूको मतदान स्थिति अस्पष्ट छ। साथै जसपा नेपालका सरोज सिंह कुशवाहा निलम्बित रहेकाले विश्वासको मतमा सहभागी हुन सक्ने छैनन्।

प्रदेशसभाका दुई ठूला दल नेपाली कांग्रेसनेकपा (एमाले) सोनल सरकारको विपक्षमा रहेका छन्। तर सत्तारुढ गठबन्धनले आजको विश्वासको मत प्रक्रिया सफल हुनेमा आफूहरू पूर्ण रूपमा विश्वस्त रहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार