Live ताजा अपडेट

Logout

प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन गम्भीरताका साथ प्रयास गर्छुः गृहमन्त्री अर्याल

प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन गम्भीरताका साथ प्रयास गर्छुः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेको बताएका छन् ।

७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री अर्यालले भने– ‘आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलन हिंसात्मक बनाए ।’

जेनजी प्रदर्शन अपेक्षा गरिएकाभन्दा फरक बन्न पुगेको मन्त्री अर्यालको भनाइ छ । अभावमा रहेको प्रहरीलाई जेनजी प्रदर्शनमा भएको आक्रमणले थप प्रभाव पारेको अर्यालले बताए । उनले भने– ‘प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन गृह मन्त्रालयले गम्भीरताको साथ प्रयास गर्नेछ ।’

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ३ जना प्रहरी कर्मचारीले ज्यान गुमाएका छन् । प्रदर्शनमा मृत्यु भएका असई मिलन राय र सहायक हवलदार अमृत गुरुङ सहितका परिवारलाई गृहमन्त्रीले सम्मान गरेका छन् ।

पछिल्लो केही दिनयता धार्मिक र साम्प्रदायिक विरोधले भाइचारामा खलल पार्ने दुष्प्रयास भइरहेको अर्यालले बताए । उनले भने– ‘साम्प्रदायिक विषयलाई समयमै इन्टरभेन गर्न म निर्देशन दिन चाहन्छु ।’

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ