3.5k
Shares
नेपालको अन्तरिम सरकारको शपथ ग्रहण समारोह सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा सम्पन्न भएको छ। यस अवसरमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ, र गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगायतका प्रमुख नेताहरू पनि उपस्थित थिए।
यससँगै नेपालको मन्त्रिपरिषद चार सदस्यीय बनेको छ। प्रधानमन्त्री कार्कीले यसअघि आइतबार रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई मन्त्री नियुक्त गरेकी थिइन्।