ट्रेन्डिङ

Logout

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार अन्त्य, सुशासन र पुनःनिर्माणमा जोड

4.1k Shares

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पद बहालीपछि उच्च पदस्थ कर्मचारीलाई सृजनात्मक युवापुस्ताको सोचअनुसार भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन र आर्थिक समानता सुनिश्चित गर्न निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले स्पष्ट गर्नुभयो कि आफू पदको रसास्वादनका लागि नभई युवाको चाहनाअनुसार सेवा गर्न आएको हो र छ महिनाभित्र नयाँ निर्वाचनबाट संसदलाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको छ।

उहाँले भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछिको क्षति, मुख्य निकायका अभिलेख नष्ट हुनु, सुरक्षा निकायका साधन जलेको र हत्याहिंसासहित मुख्य भवनहरूमा आक्रमण भएको अवस्थाबारे जानकारी दिँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन अनुसन्धान आवश्यक रहेको जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले क्षतिपूर्ति र पुनःनिर्माणका काम देशमा उपलब्ध स्रोत साधन प्रयोग गरेर, जनताको सहकार्यमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। “महाराजगन्ज जाँदा जलेको प्रहरीवृत्त पुनःनिर्माण गर्ने जिम्मा स्थानीय व्यवसायीले लिएकोमा धन्यवाद,” उहाँले भन्नुभयो।

मुख्यसचिव एकनारायण अर्यालले क्षति भएका सरकारी संरचनाको पुनःस्थापना गरी सेवा प्रवाह निरन्तरता दिनुपर्ने चुनौती औँल्याए। सबै जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनमा क्षति भएको जानकारी दिँदै प्राथमिकताका आधारमा पुनःनिर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रधानमन्त्री कार्की भदौ २७ गते गृह मन्त्रालयका लागि निर्माण गरिएको भवनमा पदबहाली गर्नुभएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार