ट्रेन्डिङ

Logout

प्रधानमन्त्री सुशीला कार्कीलाई चीनको बधाई

5k Shares

चिनियाँ विदेश मन्त्रालयले नेपालको नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिंदै नेपाल–चीन मित्रता ऐतिहासिक र गहिरो रहेको जनाएको छ।

चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै, दुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने स्पष्ट पारेको छ।

पञ्चशीलका सिद्धान्तको प्रवर्द्धन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यलाई सुदृढ बनाउँदै सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा रहेको चीनले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार