ट्रेन्डिङ

Logout

अन्तरिम सरकारप्रति अमेरिकाको समर्थन र प्रशंसा

4.3k Shares

अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएको स्वागत गर्दै, जेनजी युवा आन्दोलनका दु:खद घटनापछि शान्तिपूर्ण समाधान निस्किएकोमा खुशी व्यक्त गरेको छ ।

लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको अमेरिकाले प्रशंसा गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकाको सराहना गर्दै, संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापनामा योगदान पुर्‍याएकोमा सम्मान प्रकट गरेको छ ।

नेपाललाई परेको शोकमा साथ रहने प्रतिबद्धता जनाउँदै, आगामी महिनाहरूमा हुने निर्वाचनको तयारीमा पनि सहकार्य गर्न तयार रहेको अमेरिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार