4.3k
Shares
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै विधिको शासन र संविधानवाद बाहिर जान नहुने स्पष्ट पारेका छन्।
२३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख प्रकट गरेको छ। सभामुख घिमिरे र अध्यक्ष दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।