नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउँदै नेतृत्वदायी पहल गर्न अनुरोध गरेको छ। महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको विज्ञप्तिमार्फत संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न राष्ट्रलाई आग्रह गरेका छन्।
एमालेले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा सरोकारहरू सम्बोधन गर्न आवश्यक भएको उल्लेख गर्दै नेतृत्वदायी पहलको आवश्यकता औंल्याएको छ।

जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनामा पार्टीको कुनै संलग्नता नभएको एमालेले स्पष्ट पारेको छ। साथै, घटनाका दोषी र योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्ने, राज्य सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्न नसक्ने कारणको समीक्षा हुनुपर्ने र स्थानीय तहले निर्वाध सेवा प्रवाह गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने पनि पार्टीको धारणा हो।