ट्रेन्डिङ

Logout

शान्तिपूर्ण समाधानका लागि संवैधानिक प्रक्रियाबाट अघि बढ्न पापडको आग्रह

4k Shares

पेसागत सञ्जाल (पापड)ले जेनजी आन्दोलनपछि देखिएको तरल राजनीतिक अवस्थाको समाधान शान्ति र संवैधानिक प्रक्रियामार्फत खोज्नुपर्ने सुझाव दिएको छ।

बिहीबार वक्तव्य जारी गर्दै पापडले मुलुकमा देखिएको अन्योलता र राज्यविहिनताको स्थितिबाट सुरक्षित अवतरण गर्दै लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेको छ।

‘अहिले मुलुक तरल अवस्थामा पुगेको छ। तत्काल राजनीतिक निकासबारे अन्योलता छ। यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उपयुक्त छैन,’ पापडले भनेको छ।

पापडका अनुसार तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद प्रक्रियामार्फत निकास खोजिनु आवश्यक छ। साथै, जेनजीले उठाएका संरचनात्मक सुधारका मागहरूलाई सम्बोधन गर्दै सर्वस्वीकार्य लोकतान्त्रिक अभ्यासमार्फत उन्नत लोकतन्त्रतर्फ अघि बढ्नुपर्नेमा पापडले जोड दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार