4.3k
Shares
जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका बाजुरा बाहेकका सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन्। मंगलबार प्रदर्शनकारीले सुरक्षास्थिति नियन्त्रण बाहिर गएपछि कैदीबन्दीलाई कारागारबाट निकालेर आफूसँगै लगाएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली कारागारसहित ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेका छन्। कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ बाहेक सबै भागेका छन्। बझाङ कारागारमा ८५ मध्ये ६६ जना कैदीबन्दी भागेका छन्। भागेका मध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अधिकांश जिल्ला कारागारमा कैदीबन्दी नबाँकी हुँदा कारागार नै खाली भएका छन्।