3.3k
Shares
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्ना पार्टीबाट निर्वाचित सांसदहरू राजीनामा दिने तयारीमा रहेको जानकारी दिएकी छन् । सङ्घमा ४ र प्रदेशमा १२ सांसद रहेका छन्, र सबैसँग छलफल भई तयारी अघि बढिरहेको छ ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “देश यत्रतत्र सङ्कटमा छ, युवाहरूको रगत सडकमा बगिरहेको छ, जनताको आवाज दबाइएको छ। यस्ता क्षणमा सांसद भएर कुर्सीमा बसिरहनु मेरो लागि पद होइन, अपराध सरह लाग्छ। मेरो नैतिकता, मेरो आत्मा, मेरो विवेकले मलाई चुपचाप बस्न अनुमति दिन्नँ।”
उनका अनुसार, सङ्घ र प्रदेशका सबै सांसदले राजीनामा दिने तयारीमा छन् र प्रक्रिया अघि बढिरहेको छ ।