4.2k
Shares
सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आन्तरिक छलफल सुरु गरेको छ । पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार, छलफलपछि मधेश प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री सतिसकुमार सिंहलाई पनि राजीनामा दिन निर्देशन दिइनेछ ।
उपाध्यक्ष खानले अनलाइनखबरसँग भने, “केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने विषयमा छलफल जारी छ ।”