5.1k
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागी र अन्य असुरक्षित परिस्थितिका कारण विमानस्थलको सुरक्षा जोखिम बढेको छ ।
अहिले आकासमा रहेका जहाजलाई मात्र अवतरण अनुमति दिइने छ भने थप उडानहरू रोक्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए । विमानस्थलको मुख्य गेटलाई नै बन्द गरेर अन्य गतिविधि रोक्ने तयारी भइरहेको छ र नेपाली सेनाले विमानस्थलको सुरक्षा प्रदान गरिरहेको छ ।