3.8k
Shares
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । जेनजी युवाहरूको सोमबारको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भइसकेपछि आज प्रदर्शन अझै चर्किँदै गएको छ ।
प्रदर्शनकारीहरू विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् । कमलपोखरीस्थित थापाको घरमा पनि अहिले उनीहरू ढुंगामुढा गर्दै प्रदर्शन जारी राखिरहेका छन् ।