4.7k
Shares
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट तोडेर घरभित्र प्रवेश गरेका उनीहरूले घरभित्रै आगो लगाएका हुन् । आगलागीपछि देउवाको घरबाट कालो धुवाँको मुस्लो उठेको देखिएको छ । हाल देउवा कहाँ छन् भन्नेबारे स्पष्ट भएको छैन ।
त्यस्तै, प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा पनि आगजनी गरेका छन् ।