ट्रेन्डिङ

Logout

कर्फ्यु तोड्दै देशव्यापी प्रदर्शन, उपत्यकामा चक्रपथमै टायर दहन

4.8k Shares

नयाँ पुस्ताका जेनजी युवामाथि भएको प्रहरी दमनको विरोधमा आज देशभर आन्दोलन भडकिएको छ । कर्फ्यु आदेश लागू गरिए पनि विभिन्न सहरमा युवाहरू सडकमा उत्रिएका छन् ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा चक्रपथभित्र कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शन रोकिएको छैन । सातदोबाटो, कलंकी र नयाँ बानेश्वरलगायत स्थानमा युवाहरूले सडकमा टायर दहन गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सोमबार गोली चलेको नयाँ बानेश्वर क्षेत्रमा मंगलबार बिहानैदेखि फेरि आन्दोलन सुरु भएको छ ।

यसैबीच, ललितपुरस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी भइसकेको छ । उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन थप आक्रामक बन्दै गएको छ ।GenZ-Protest-Kathmandu-4.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार