3.5k
Shares
प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुरस्थित निवासमा तोडफोड गरेका छन् । प्रहरी बिटमा आगजनी गर्दै अघि बढेको समूहले प्रचण्डको घर अगाडिसम्म पुगेर ढुंगामुढा गरेको हो । उनीहरू हाल पनि गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।
यसअघि बिहानैदेखि ललितपुरका विभिन्न स्थानमा प्रहरी बिटमा आगजनी र प्रदर्शन भइरहेका छन् । एक समूहले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित ढोलाहिटीको निवासमा समेत आगजनी गरेको छ ।
त्यस्तै, हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी गरिएको छ । नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार बिहानैदेखि ललितपुर अशान्त बनेको छ । “प्रदर्शनको प्रभाव गाउँ–गाउँ र भित्री सडकसम्म पुगेको छ, सर्वसाधारणले बन्दको अवस्था भोगिरहेका छन्,” कार्कीले बताए ।