4.7k
Shares
दोस्रो दिनको आन्दोलनमा पनि धेरै विद्यार्थीहरू विद्यालय ड्रेसमै देखिएका छन् । भक्तपुरकी कक्षा ९ मा अध्ययनरत दिक्षिता श्रेष्ठ विद्यालयको पोशाकमै सिभिल अस्पताल अगाडिको प्रदर्शनमा सहभागी भइन् ।
उनी भन्छिन्, “स्कुल ड्रेसमा प्रहरी गोली हान्दैन भन्ने आशाले आएको हुँ ।” तर उनले यसअघि पनि प्रहरीद्वारा स्कुल ड्रेसमै विद्यार्थीलाई गोली हानेको भिडियो देखेको बताइन् । त्यस घटनाले आफूलाई आन्दोलनमा उत्रिन थप प्रेरित गरेको उनको भनाइ छ ।
श्रेष्ठले भनिन्, “हिजो सरकारले दमन गर्यो, आज फेरि त्यस्तो गल्ती नगर्ला भन्ने विश्वास छ । टाउकोमै गोली हानिएको दृश्य देख्दा रिस उठेर आज आउनु पर्यो।”
परिवारले आन्दोलनमा जान नदिएको भए पनि आफू आफ्नै इच्छाले आएको उनले सुनाइन् । साथीहरूको आत्माको चिर शान्तिका लागि पनि आन्दोलनमा आएको उनले बताइन् ।