ट्रेन्डिङ

Logout

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

4.3k Shares

काठमाडौँ । ‘जेन-जी’ प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको एक मन्त्री बिजनेश भ्युजलाइ जानकारी दिए ।

सोमबार भएको ‘जेन-जी’ प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनापछि गृहमन्त्री लेखकले यसको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने भन्दै राजीनामाको निर्णयमा पुगेको बताएका छन् । उनले आफ्नो पार्टीको बैठकमा पनि पदमा नबस्ने जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार