5k
Shares
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी युवाहरूको आन्दोलनमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
गम्भीर घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा मृत्यु भएपछि उपत्यकाभित्र मात्र मृत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको थियो । हालसम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।
तर घाइतेहरूको यकिन विवरण भने अझै सार्वजनिक भएको छैन ।