ट्रेन्डिङ

Logout

"जेनजी आन्दोलन हिंसात्मक, दुई जनाको मृत्यु र सयौँ घाइते"

3.8k Shares

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलन हिंसात्मक बन्दै गएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् ।

प्रहरीको गोली लागेर राजधानीस्थित निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । त्यहाँ करिब एक सयभन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ भने वीर अस्पतालको ट्रमा सेन्टरमा झन्डै ३० जना घाइते उपचाररत छन् । केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् । प्रहरीले बानेश्वर क्षेत्रमा अन्धाधुन्ध अश्रुग्यास प्रहार र बल प्रयोग गरेपछि स्थिति झन् तनावग्रस्त बनेको छ ।

स्थिति नियन्त्रणमा लिन काठमाडौंका बानेश्वर, सिंहदरबार, राष्ट्रपति निवास वरपरको क्षेत्रमा मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

तर कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । त्यसपछि प्रहरीले आन्दोलनकारीमाथि थप दमन सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार