ट्रेन्डिङ

Logout

"नयाँबानेश्वर प्रदर्शनमा कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते"

3.7k Shares

नयाँबानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन कभर गर्ने क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ प्रहरीको रबरको गोली लागी घाइते भएका छन् ।

दृष्य संकलनका क्रममा श्रेष्ठको पाखुरामा गोली लागेको र अहिले सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरस्थित संसद भवनभित्रै प्रवेश गरेको थियो । उनीहरूलाई रोक्ने प्रहरीको प्रयास भने असफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार