ट्रेन्डिङ

Logout

"कर्ण थापाले एमालेमा फरक मत दर्ता गर्ने तयारी"

5k Shares

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीका निर्णयहरूप्रति फरक मत दर्ता गराउने तयारी गरेका छन्। उनी आज दिउँसो २ बजे केन्द्रीय कार्यालय पुगेर आफ्नो मत दर्ता गराउने योजना बनाएका हुन्।

थापाले भने, “पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू मैले आफ्नो मतका रूपमा दर्ता गराउँदैछु।”

उनी पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानसम्बन्धी छलफलको माग पनि राख्ने भएका छन्।

थापाले विद्या भण्डारीमाथि कारबाही गरिएको विषय र वाम एकताबारे अध्ययन आवश्यक रहेको विषय पनि आफ्नो मतमा समेट्ने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार