ट्रेन्डिङ

Logout

राज्य व्यवस्था समितिको सभापति चयनबारे कांग्रेस पदाधिकारी बैठक आज

5.3k Shares

नेपाली कांग्रेसका शीर्ष पदाधिकारीहरूबीच राज्य व्यवस्था समितिको नयाँ सभापति चयनका विषयमा छलफल गर्न आज बिहान १० बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अनौपचारिक बैठक बस्ने भएको छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई सहभागी हुन आह्वान गरिएको छ।

कुलिङ पिरियडसम्बन्धी विवादमा मुछिएर सांसद रामहरि खतिवडाले साउन २८ गते समितिको सभापति पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त बनेको हो। नियमअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आजकै दिन उम्मेदवारको नाम टुंग्याउने अपेक्षा गरिएको छ। सभामुख देवराज घिमिरे पनि कांग्रेसबाट उम्मेदवारको नाम आउने प्रतीक्षामा रहेका छन्।

त्यसैगरी, रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनबारे समेत आजको बैठकमा छलफल हुने सम्भावना रहेको एक नेताले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार