ट्रेन्डिङ

Logout

संवैधानिक परिषद् विधेयकबारे कार्यव्यवस्था समितिको बैठक आज

5.2k Shares

प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आज बिहान साढे ११ बजे नयाँ वानेश्वरस्थित शंकर हलमा बस्दैछ। बैठकमा प्रतिनिधि सभाको क्यालेन्डर सम्बन्धी विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई क्यालेन्डरमा राख्ने कि नराख्ने भन्ने विषयमा छलफल हुनेछ। प्रतिनिधि सभाले हरेक १५/१५ दिनमा क्यालेन्डर बनाउँदै आएको छ। भदौ दोस्रो साताभित्रै उक्त विधेयक अघि बढाउने तयारी भए पनि नेपाली कांग्रेस र नेकपा एमालेले यसलाई भदौ तेस्रो सातामा मात्र अघि बढाउने रणनीति बनाएका छन्।

संवैधानिक परिषद्‍मा सत्तापक्षले स्पष्ट बहुमत कायम गर्ने प्रयासका क्रममा उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी समेत भइरहेको छ। कांग्रेस र एमालेका सांसदहरूले उनलाई पदमुक्त गर्न खाली कागजमा हस्ताक्षर संकलन समेत सुरु गरेका छन्।

राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। संवैधानिक परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् भने सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानन्यायाधीश सदस्य हुन्छन्। उक्त परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गर्ने अधिकार राख्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार