ट्रेन्डिङ

Logout

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिश्रीको भेटवार्ता

4.7k Shares

भारतीय विदेश सचिव विक्रम मिश्रीले काठमाडौं आगमन गरेको दिनमै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरेका थिए।

भेटका क्रममा राष्ट्रपति पौडेलले भारतसँगको निकट छिमेकी सम्बन्धको महत्व जोड दिँदै, भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरेको प्रगतिबाट नेपाल लाभान्वित भएको र भविष्यमा अझ बढी लाभ लिन चाहेको बताए।

उनले नेपाल–भारतबीचको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक र जनस्तरीय सम्बन्धलाई स्मरण गर्दै दुवै देशबीचको सम्बन्ध सार्वभौमिक समानता, आपसी विश्वास र मैत्रीपूर्ण सहयोगमा आधारित रहेको स्पष्ट पारे। साथै, भारतको "छिमेक पहिलो नीति" प्रति नेपालले कृतज्ञता व्यक्त गर्दै नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राख्ने बताएका थिए।

यस अवसरमा सचिव मिश्रीले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी मुलुकसँग सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाललाई उच्च महत्व दिइएको उल्लेख गर्दै, आफ्नो भ्रमणले दुई देशबीचको कनेक्टिभिटी, प्रगति र विकासलाई अझ सबल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका मिश्रीले सोमबार पशुपतिनाथको दर्शनपछि भारत फर्कने कार्यक्रम तय गरेका छन्। उनले आजै सबै महत्त्वपूर्ण भेटवार्ता गर्ने तालिका बनाएका छन्।rastrapati-and-Indian-secretary-bikram-mishree-meeting2.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार