ट्रेन्डिङ

Logout

प्रधानमन्त्री ओली: "म पनि एआई मज्जाले प्रयोग गर्छु, तर बालबालिकालाई मोबाइलबाट जोगाउनुपर्छ"

4.2k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सक्रिय प्रयोगकर्ता रहेको बताएका छन्। शुक्रबार आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२५ मा पावर संवाद सत्रमा उनले च्याटजीपीटीलगायत एआई उपकरणहरू प्रयोग गरिरहेको खुलाए।
"अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ," प्रधानमन्त्री ओलीले भने, "तर, हुर्कँदै गर्दा अरु कुरा पनि सिकाउनुपर्छ।"

उनले बालबालिकाहरूलाई मोबाइलको अत्यधिक प्रयोग, विशेष गरी गेममा मात्र सीमित रहने प्रवृत्तिबाट जोगाउनुपर्नेमा जोड दिए। "मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ, त्यसैले आकर्षणको केन्द्र भएको छ। तर, बच्चालाई सिर्जनात्मक कामतर्फ लगाउनुपर्छ," उनले भने।

ओलीले प्रविधिको सकारात्मक प्रयोगमा युवाको आकर्षण बढाउन आवश्यक रहेको र आफैं प्रविधि–मैत्री नभए पनि सरकार आइसिटी र एआई प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए। उनका अनुसार, सरकारले हालै एआई सम्बन्धी नीति मन्त्रिपरिषद्मार्फत पारित गरिसकेको छ।

उनले भने, "अहिले एआईसँग मान्छे डराएको देख्छु, तर मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन। यो सृष्टिलाई जित्न सक्दैन।"

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार