6.1k
Shares
कैलाली कारागार घटनाको छ दिनपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्जिनियर गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, बुधबार गृह मन्त्रालयमा सरुवा भएका हमालको स्थानमा दाङका प्रजिअ कृष्णप्रसाद लम्साल नियुक्त भएका छन्। लम्साल बिहीबार साँझ वा शुक्रबारसम्म कैलाली पुग्नेछन्।
गत शुक्रबार मध्यराति कैलाली कारागारको ब्लक ए का कैदीहरूले ब्लक बी का कैदीमाथि आक्रमण गर्दा धनगढीका ४० वर्षीय भारत चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदी घाइते भएका थिए।
घटनापछि तत्कालीन जेलर वसन्त खत्रीलाई पनि सरुवा गरेर जालन्धर भुसाललाई नयाँ जेलर नियुक्त गरिएको छ। यो घटनामा सुरक्षा संयन्त्र चुकेको आरोप लागिरहेको छ। घटना हुनु अघि प्रजिअ हमालसहित जिल्ला सुरक्षा समितिले कैयौं पटक कारागारको अनुगमन गरेको थियो।