ट्रेन्डिङ

Logout

विकासका लागि राजनीतिक स्थिरता अनिवार्य: संचारमन्त्री गुरुङ

5.1k Shares

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र समृद्धिका लागि राजनीतिक स्थिरता अपरिहार्य रहेको बताएका छन्।

बुधबार काठमाडौंमा स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री गुरुङले मुलुकको विकासका लागि दुई ठूला राजनीतिक दल एक भएर सरकार सञ्चालन गर्नुपरेको बताए। उनका अनुसार अहिलेको स्थिर सरकारको अवसरलाई उपयोग गर्दै साना निजी क्षेत्रमा लगानीमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।

कार्यक्रममा स्वावलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गर्‍यो। मन्त्री गुरुङले संस्थालाई दुई लाख रुपैयाँ राशिको पुरस्कार हस्तान्तरण गरे।

त्यस्तै, दुई लाख रुपैयाँ राशिको ‘शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार’ सांसद योगेन्द्र मण्डललाई प्रदान गरियो।
साथै, उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार उद्यमी विमला थारू, जमुना घिमिरे र आशा बुढामगरले प्राप्त गरे, जसको पुरस्कार राशि जनही ५०/५० हजार रुपैयाँ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार