5.9k
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म अहिलेको राजनीतिक समीकरण यथावत् रहने दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा धारणा राख्दै प्रधानमन्त्री ओलीले राजनीतिक र नीतिगत स्थिरता कायम गर्न तथा बिग्रिएको अर्थतन्त्रलाई सही मार्गमा फर्काउन संसद्का दुई प्रमुख दल कांग्रेस र एमाले मिलेको बताए। उनका अनुसार अन्य दलहरूको सहयोगमा बनेको यो सरकार बलियो संसदीय गणितमा आधारित छ।
प्रधानमन्त्री ओलीले विपक्षी दलहरूलाई स्थिरता अप्रिय लाग्ने कारणबारे प्रश्न उठाउँदै, बलियो बहुमतको सरकारलाई अस्थिर देखाउने प्रयास किन भइरहेको हो भनी आलोचना गरे। उनले अस्थिरताको चाहना राख्नेहरूले जति प्रयास गरे पनि ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने स्पष्ट गरे।